आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै, दोस्रो चरणमा एक सय ६२ जना लगिने

 माघ ५, २०७८ बुधबार १४:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने भएका छन् । उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

आज ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालले जानकारी दिनुभयो । इजरायल जाने कामदारका लागि यो पहिलो उडान हुनेछ । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि उहाँले जानकारी दिनुभयो ।

दोस्रो चरणमा एक सय ६२ जना इजरायलका लागि उड्नेछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको २५ औँ हप्तामा नेपाली कामदारलाई इजरायल पठाउने टुङ्गो लागेको हो । इजरायलको रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा अहिलेसम्म नौ सय ९४ जना कामदारसँग सम्झौता भइसकेको छ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम नाम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको थियो ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gham maya tamang

    Jan. 22, 2022, 5:41 p.m.

    Please, sir, I have also taken some years of training for the Israelites. Please tell me what you need. Thank you.

  •  0 Reply

तपाईको प्रतिक्रिया