मास्कमा कालोबजारी गरेको आरोपमा हेटौँडामा तीन जना पक्राउ

 माघ ५, २०७८ बुधबार १५:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् ।

बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया