पीसीआर परीक्षणको शुल्क दुई सय रुपैयाँले घट्यो

 माघ ५, २०७८ बुधबार १६:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले कोरोना संक्रमण भएकाे छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । यस अघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार पाँच सय रुपैयाँ मात्र लिन पाउने भएका छन् । यस अघि सरकारले निजी प्रयोगशालाका लागि बढीमा दुई हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया