दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - सुनसरीकाे बर्जु महाेत्सवमा भएकाे आगलागी तथा ताेडफाेडकाे घटनाकाे छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ ।
हिजाे महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटनाकाे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले आजबाटै काम थाल्ने बताइएको छ ।
यसैबीच सुनसरी प्रशासनले घटना सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा बर्जु गाउँपालिकाको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनकाे निष्कर्ष छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुशी महोत्सव सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले महोत्सव रोक्न आफूहरुले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरेकाे बताउनु भयाे ।
प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोसित भिडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गर्नुभयो । उहाँले प्रहरी प्रशासनले संयमता अपनाउँदा मानवीय क्षति हुन नपाएको उल्लेख गर्नुभयो ।
सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराएकाे थियाे । महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भिड तोडफोड र आगजनीमा उत्रिएको थियो ।
यस क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कर्पियो, दुई वटा मोटरसाइकलमा आगजनी भएको थियो । स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा एक दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएकाे छ । प्रहरीले भिड तितरबितर पार्ने क्रममा १५ सेल अश्रुग्याँस प्रहार गर्नु परेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।