भेरोसेलको मौज्दात कम, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने

 माघ ६, २०७८ बिहिबार ११:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ ।

भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनेको हो । विभागको परिवार कल्याण महाशाखाले परिपत्र गर्दै ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमन सिंहले खोपको व्यवस्थापन गर्न पहिलो डोजमा अब कोभिसिल्ड दिने तयारी गरेको बताउनुभयो । तर, यसअघि पहिलो र दोस्रो डोजमा भेरोसेल खोप लगाएका अग्रपङ्क्तिमा खटिनेहरुले भने बुस्टर डोजमा भेरोसेल खोप पाउने पनि उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि यस अघिको खोप कार्ड भने अनिवार्य लैजानु पर्नेछ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया