पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन

 माघ ६, २०७८ बिहीबार १२:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

काठमाण्डाैको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँले मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ ।

पछिल्लाे ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे चाैथाे पटक मूल्य बढाएको हो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया