पाँच दलीय गठबन्धन समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित

 माघ ६, २०७८ बिहीबार १४:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।

सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव पहिला गर्ने की संघीय संसदको भन्ने विषयमा निचोड निस्कन सकेको छैन । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा स्थानीय तहको चुनाव गर्नु प्रस्ताव राख्नुभएको छ ।

गएको मंगलवार बसेको समन्वय समितिको बैठकले थप छलफल तथा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने र पुनः बैठक बस्ने निर्णय गरेको थियो । तर आजका लागि तय भएको बैठक स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया