पश्चिमी वायुको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा हल्का वर्षा

 माघ ६, २०७८ बिहीबार १६:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताउनुभयो ।

काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्य बर्षा र हिमपात भैरहेको भएपनि ठूलो पानी तथा हिउँ पर्ने सम्भावना भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण चिसो बढेकोले तराईको जनजीवन प्रभावित भएको छ ।

मौसम बदली भएकोले काठमाण्डौ उपत्यकासहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । भोलि पनि देशभर बदली रही केही ठाउँमा सामान्य वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यसैबीच प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएकोे छ । बाक्लो तुवालो र कुइरो लागेकाले कतिपय विमानस्थलमा उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको छ । पूर्वी तराई भेगका विमानस्थलहरुमा उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया