प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट : भोलि गठबन्धनको बैठक बस्ने

 माघ ६, २०७८ बिहीबार १९:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । शीर्ष नेताको आजको भेटमा भोलि दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

यसअघि आज बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको थियो । गठबन्धनको बैठक स्थगित भएपछि शीर्ष नेताबीच छलफल भएको हो । पालिका र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।

सत्ता गठबन्धनमा पालिकाको चुनाव पहिला गर्ने कि सङ्घीय संसद्को भन्ने विषयमा निचोड निस्कन सकेको छैन । प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले पालिकाको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा पालिकाको चुनाव गर्नु प्रस्ताव राख्नुभएको छ ।

गएको मंगलवार बसेको समन्वय समितिको बैठकले थप छलफल तथा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने र पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: भदौ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया