१४ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित

 माघ ७, २०७८ शुक्रबार ७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाण्डौ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, बाँके रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाण्डौमा २६ हजार ६९८ सक्रिय सङ्क्रमित छन् ।

ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ७ हजार ७८३ जना छन् । पर्सा, बारा, महोतरी सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कन्चनपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया