अमेरिकाको पूर्वी तटीय क्षेत्रमा ‘फ्लोरेन्स’ नामको समुद्री आँधीको खतरा

 भदौ २६, २०७५ मंगलबार ९:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स नामको समुद्री आँधी आउने चेतावनी दिइएको छ । यो आँधी अमेरिकामा एक दशकयताको ठूलो हुने बताइएको छ ।

ठूलो आँधी आउने खतरा बढेपछि जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ ।

दक्षिण क्यारोलिनाका गभर्नरले राज्यका सम्पूर्ण तटीय क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । नर्थ क्यारोलिना र भिर्जिनियाले आपतकालको घोषणा गरेको छ । 

समुद्रि आँधीबाट मानिसहरुलाई बचाउनका लागि सुरक्षित स्थानमा लैजाने काम भैरहेको छ । यो आँधी बिहीबार क्यारोलिना प्रवेश गर्ने अनुमान गरिएको छ । 

अहिले १ सय ९५ किलोमिटर प्रतिघण्टाको गीतमा हावा चलिरहेको त्यहाँका अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार सोमबार बिहान यो आँधी नर्थ क्यारोलिनाको केप फेयरबाट २००० किलोमिटर टाढा थियो ।

मौसम विज्ञानका अनुसार क्यारोलिना प्रवेश गर्दा एटलांटिकको तातो पानीका कारण यसको गति अझै बढ्न सक्छ । 

नेशनल हुरिकेन सेन्टर एनएचसीले फ्लोरेन्स नामक सामुद्रिक आँधीलाई ‘अत्याधिक खतरनाक’ बताएको छ । यसले तटीय क्षेत्रमा भारी वर्षा गराउने पनि अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुन लागेको र्‍याली नहुने बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया