अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ ।
अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप अर्को डोजर पनि ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन-चार घण्टा लाग्ने अधिकारीले बताउनुभयो ।
रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न आग्रह गरेको छ ।
सडक खुलेपछि मात्रै यात्रामा निस्कन चितवनका एसपी ओम अधिकारीको आग्रह छ । सडकमा अहिले नै गाडीको लामो जाम भएकाले यसमा फेरि अन्य गाडी थपिँदा थप समस्या निम्तने भन्दै उहाँले सडक नखुलुञ्जेल यात्रा नगर्न अनुरोध गर्नु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।