भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक

 माघ ७, २०७८ शुक्रबार १९:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ ।

भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Mohan timsina

    Jan. 22, 2022, 3:29 p.m.

    पारिवारिक भिजिट भिसा पनि बन्द हो र /

  •  0 Reply
  • Ganesh aryal

    Jan. 22, 2022, 1:38 a.m.

    दुबई आउनु भन्दा पहिले सोचेर मात्रै आउनुहुन सबैमा अनुरोध । यहाँ काम पाउन त्यति सजिलो छैन, कसैको रिफ्रेन्स चाहिन्छ । कोहि जिम्मा नबसी अन्जान व्यक्तिलाई भन्ने बित्तिकै कसैले काम दिदैन । जसले दिन्छ भिजिटमै अड्काएर काममा दलाएर ईलिगल बनाएर छोड्छ । त्यसैले दाजु भाई दिदी बहिनीहरू अहिले सकभर भिजिटमा आउदै नआउनु, एजेण्टले एअरपोर्ट कटाएर मात्र हजुर हरुले काम पाउने हैन । यता आएर काम पाउन धेरै मेहनत गर्नुपर्छ । ईण्टरभ्युमा एकपल्ट, एक ठाउँमा गएर हुदैन, धेरैपटक धाउनुपर्छ । ट्याक्सी चढ्नुपर्छ, मेट्रो, बस जहाँतहि पुग्दैन, रूम लिनुपरो, खानुपरो, मोबाईल तथा ईण्टरनेट चलाउनु परो । बिरामी होला ओखती गर्नुपरो । काम पाईनै हाले पनि कमिशन दिनुपरो । धेरैले काम दिने भनेर पैसा लुट्छन, अलपत्र पार्छन, हजुरहरु सङ्ग भएको १०० दिराम पनि छोड्दैन, खाली बनाउँछन् । त्यसैले भनेको मान्नु हुन्छ भने: नेपालमै ईण्टरभ्यु दिएर भरपर्दो मेनपावर कम्पनीबाट आउनुहोला। हातमा सीप छ, लगन छ, अनुभव छ, पढाइ पनि छ भनेर मात्र हुदैन है दुबईमा, नेपालको अनुभव र पढाईलाई यहाँ हामीले सोचे जस्तो गन्दैन । जे कुरा पनि जिरोबाट शुरू गर्नुपर्छ । अहिले भिजिटमा २००० जति काम खोज्दै छन् यहाँ, यो नेपालको मात्र फिगर हो । विन्ती नआउनु है भिजिटमा । #जय_नेपाल

  •  0 Reply

तपाईको प्रतिक्रिया