बेमौसमी वर्षाले क्षति गरे पनि दाङमा यो वर्ष धान उत्पादन बढ्यो

 माघ ८, २०७८ शनिबार ९:२२:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा यो वर्ष धान उत्पादन बढेको छ । 

यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । 

यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । 

गएको वर्षको तुलनामा यो वर्ष तीन दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । तर बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको लामिछानेले बताउनुभयो । 

धान भित्र्याउने बेला गएको कार्तिक पहिलो हप्ताको वर्षाले धानबालीमा क्षति गरेको थियो । गएको वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन गरिएको थियो । दाङमा ७५ प्रतिशतले हाइब्रिड जातको धान लगाउने गरेको तथ्याङ्क छ ।

धेरै उत्पादन हुने भएकाले किसानले हाइब्रिड धान लगाउने गरेका छन् । हाइब्रिडसँगै लोकतन्त्र, विन्देश्वरी, सावित्री जातका धान पनि किसानको रोजाइमा पर्ने गरेको  कृषि अर्थ विज्ञ लामिछानेले बताउनुभयो । 

यो वर्ष धानबाली लगाउने बेला रासायनिक मलको अभाव नभए पनि हिउँदे बालीका लागि किसानले मलको अभाव भोग्नुपरेको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया