आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने, पर्सिदेखि मौसममा सुधार आउने

 माघ ९, २०७८ आइतबार ७:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  ।

मौसमविद् मञ्जु बासीकाअनुसार यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

सामान्यतया हिउँदमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुँदैन । तर पछिल्लो समयमा हिउँदको समयमा पनि चट्याङ्ग र असिना समेत पर्न थालेको छ ।

यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि यही मात्रै कारण मान्न नमिल्ने मौसमविद्को भनाइ छ । प्रि-मनसुनको जस्तो अहिले चट्याङ्ग पर्नुको कारणबारे अध्ययन हुन बाँकी छ ।

यस्तै, आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ ।

वाग्मती प्रदेशमा पनि आज हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । राति पनि देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् बासीले बताउनु भयो । भोलिकाे मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।

पर्सिदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । तर, पूर्णरुपमा मौसम खुल्न भने समय लाग्ने उनीहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया