टेकु अस्पतालमा भाेलिदेखि खाेप अभियान फेरि सञ्चालनमा आउने

 माघ १०, २०७८ सोमबार २०:२८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान भोलि मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ ।

अस्पतालले आज साेमवार विज्ञप्ति निकालेर भाेलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजाे आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन  हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया