माओवादी नेता वर्षमान पुन उपचारपछि स्वदेश फिर्ता

 माघ ११, २०७८ मंगलबार ७:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किनु भएकाे छ ।

झण्डै ४ महिना लामो उपचारपछि उहाँ हिजाे बेलुका नेपाल फर्किनुभएको हो ।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित  पुन उपचारको लागि गएकाे असाेज १३ गते थाइल्यान्डकाे बैंकक जानुभएको थियो ।

बैंकक पछि थप उपचारका लागि उहाँलाई चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने बताउनु भएको छ । 

नेता पुनले विगतमा सचिव भएर काम गरेकाले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताउनु भएकाे हाे। आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वाभाविक हो ।’

नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफूले स्वीकार गर्ने पनि बताउनु भयो। 

तस्बिर : दिपेश पुनकाे फेसबुक

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया