प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

 माघ ११, २०७८ मंगलबार १८:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल आज मङ्गलवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँलाई गएकाे शुक्रवार काठमाण्डाैकाे मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि आज दाहाललाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि फेरि थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाका अनुसार उहाँलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया