आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै : आजदेखि सबै भन्सारमा एकद्वार अनलाइन प्रणाली

 माघ १२, २०७८ बुधबार ७:३५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।

विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो । दिवसको मुख्य नारा डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने रहेको छ । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ । विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई 'क्यासलेस' र 'पेपरलेस' बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको उहाँको भनाइ छ । एकद्वार प्रणालीपछि व्यवसायीले भोग्दै आएका झन्झटबाट मुक्त हुने विभागको दाबी छ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु गैरकानुनी मानिन्छ ।
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया