मौसम सामान्य बदली : सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा

 माघ १२, २०७८ बुधबार ७:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक/दुई ठाउँमा हल्का वर्षा भएको छ ।

बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै रहने अनुमान छ ।

दिउँसोपख सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । केही दिन अघिको वर्षा र निरन्तरको हिमपात तथा तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया