६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
माघ २०, २०८१ आइतबार
काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ हजार १०३ अर्थात १८ .७२ प्रतिशत रहेको छ ।
२०६८ सालकाे जनगणनामा घरभन्दा बाहिर (विदेशमा बस्ने) नेपालीकाे सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो । जसमा १६ लाख ८४ हजार ०२९ जना पुरुष र २ लाख ३७ हजार ४०० जना महिलाको सङ्ख्या थियो । तर अहिले भने विदेशिने महिलाको सङ्ख्या झण्डै दोब्बर अर्थात् .३६ प्रतिशत विन्दुले बढेको विभागले जनाएको छ ।
जिल्लागत आधारमा ७७ जिल्लाबाटै मानिसहरू विदेश गएको देखिएको छ । सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट र सबैभन्दा कम मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङबाट गएको देखिएको छ ।
यस्तै नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ । जसमा पुरुषको जनसङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ ।
नेपालमा जम्मा परिवार सङ्ख्या ६७ लाख ६१ हजार ५९ जना रहेको छ । जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।