दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।
कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभार प्राप्त गर्नुभयाे ।
महिला खुलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह विजयी हुनुभयो । उहाँले प्रदेश सभातर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ९सय ६२ मतभार प्राप्त गर्नुभयाे । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार प्राप्त गर्नुभयाे ।
यस्तै दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी हुनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका पार्कीले प्रदेशतर्फ १ हजार ८सय ७२ र स्थानीय तहतर्फ १ हजार ८सय ९० मतभार प्राप्त गर्नुभयाे । उहाँको प्रतिद्वन्द्वी एमालेका नरेश विकले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार २ सय ६ मतभार प्राप्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।