अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।
विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देहीको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङिस्याङ र नासो गाउँपालिका रहेका छन् ।
यस्तै नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरूमा क्रमशः काठमाण्डौ, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका रहेका छन् । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरूमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र दोलखाको जिरी नगरपालिका रहेका छन् ।
विभागले भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक तथा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको जनाएको छ ।
विस्तृतमा विवरण हेर्नुहाेस् :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।