उद्योग दर्ता पोहोर भन्दा अहिले बढ्यो, झन्डै दुई खर्ब रुपैयाँको लगानी प्रस्ताव

 माघ १३, २०७८ बिहीबार १४:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् ।

यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ अर्ब ६२ करोड रुपैयाँ प्रस्तावित लगानीका उद्योग दर्ता भएका थिए ।

साउनदेखि पुससम्म दर्ता भएका एक सय ५४ वटा उद्योगले १३ हजार सात सय ४८ जनालाई रोजगारी दिने बताएका छन् । नेपालमा अहिलेसम्म उद्योगमा २४ खर्ब ७० अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता भएका र यी उद्योगबाट ६ लाख ४२ हजार पाँच सय ४३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

सरकारले पन्ध्र करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग, १५ देखि ५० करोड रुपैयाँसम्म पुँजी भएकालाई मझौला र ५० करोड रुपैयाँभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योग भनेर परिभाषित गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया