कोरोनाविरुद्धको खोप अभियानको एक वर्ष : पूर्ण मात्रा खोप लगाउने एक करोड ३७ लाख नाघे

 माघ १४, २०७८ शुक्रबार १०:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ ।

२०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ । एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जना छन् ।

अतिरिक्त डोज अर्थात बुस्टर मात्रा लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार सात सय २४ छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउने ५४ दशमलव २ र पूर्ण मात्रा लगाउने ४५ दशमलव २ प्रतिशत रहेका छन् ।

लक्षित जनसङ्ख्यामा १८ वर्ष वा त्योभन्दा माथि एक मात्रा लगाउने ८२ दशमलव ६ र पूर्ण मात्रा लगाउने ६८ दशमलव ९ प्रतिशत पुगेको पछिल्लो तथ्याङ्क छ ।

सुरुमा खोप व्यवस्थापन र लगाउन चुनौती देखिएको भए पनि अहिले खोपप्रति आकर्षण बढेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया