५ हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाङ्कन गरेर विश्व कीर्तिमान

 माघ १४, २०७८ शुक्रबार २०:२२:१९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – पाँच हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजन अभावले बोल्नसमेत समस्या हुन्छ । थोरै हिँड्दा र अलि ठूलो स्वरमा बोल्दा पनि धेरैलाई स्वाशप्रस्वाशमा समस्या हुन सक्छ । यस्तै समस्याका बीच पाँच हजार २० मिटरको उचाइमा गीत रेकर्ड तथा भिडियो छायाँकन गरेर पाँच नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् । 

पत्रकारिता र कलाकारितामा रहेका युवाहरूले गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्डले स्वीकृत गरेर गिनिज बुकमा रेकर्ड दर्ता गराएको छ । सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो ।

‘सुन्दर हिमाल’ बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे) ले लेख्नुभएको हो भने गीतमा डिआर अटुको सङ्गीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ (गजरकोटे) ले साथ दिनुभएको छ । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाउनुभएको छ । रेकडिस्टकाे भूमिका शिखरजंग श्रेष्ठ (गजरकोटे) ले निर्वाह गर्नुभएको छ । खारेमै छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे) ले गर्नुभएको छ ।

गीत रेकर्डिङ र भिडियो छायाङ्कनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । गिनिज बुकको मान्यतासँगै यसअघि 'हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड' शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको कीर्तिमान भङ्ग भएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया