चीनले लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने

 भदौ २६, २०७५ मंगलबार १८:२९:३ | उज्यालो सहकर्मी

चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । 

सिचुवान प्रान्तको लशान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तमा आयोजित  अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको थियो । 

मेलामा भएको द्विपक्षीय छलफलमा लशान नगरपालिकाले नेपालको लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाएको हो । मेलाबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मलेनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेयकुमार त्रिपाठीले मेलाको क्रममा लुम्बिनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लशान प्रान्तमा स्थापना गरेर लुम्बिनीको अझै बढी प्रचारप्रसार गर्ने सहमति पनि गरिएको जानकारी दिनुभयो ।

भाद्र २१ गतेदेखि २४ गतेसम्म सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली हस्तकलाका सामग्रीहरुको प्रर्दशनी पनि गरिएको थियो । चीनले नेपालको लुम्बिनीको विकासमा लगानी गर्ने चाहना व्यक्त गरेको मन्त्री अधिकारीले जानकारी दिनुभयो । नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ ।

५६ वटा राष्ट्रहरु सहभागी रहेको त्यस सम्मेलनमा नेपाललाई सह–आयोजकको सम्मान प्रदान गरिएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया