देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
मोरङ – नेपाली कांग्रेस संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले सरकारले लगाएको नारा अनुसार काम गर्न नसकेको बताउनु भएको छ ।
उहाँले सकारात्मक तथा मुलुकको समृद्धि र विकासको काममा नेपाली कांग्रेसको जहिले पनि साथ र सहयोग रहने भन्दै सरकार गठन भएको सात महिना पुग्दा पनि बोले अनुसार सरकारले कामको शुरुआत गर्नै नसकेको आरोप लगाउनुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सरकारले अघि सारे पनि त्यसअनुसारको कुनै पनि काम सरकारले अघि बढाउन नसकेको गच्छदारले बताउनुभयो । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकमा विकास र समृद्धि भन्दा पनि सरकार अन्यत्रै अल्झिरहेको उल्लेख गर्नुभयो ।
नेता गच्छदारले संघीयता स्थापित गर्दै मुलुकमा राजनितिक स्थायित्व कायम गर्न दलहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । संघीयता कार्यान्वयन चरणमा रहेकाले संघीयतालाई कसैले पनि अब समाप्त पार्न नसक्ने उहाँको तर्क छ ।
मुलुकको राज्य प्रणालीलाई संसदीय मूल्य मान्यता अनुसार अघि बढेमा मात्र लोकतन्त्र बलियो हुने भन्दै उनले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहीँकतैबाट हुन नहुने बताउनुभयो ।प्रेस र स्वतन्त्र न्यायालयलाई कमजोर बनाउन खोजे लोकतन्त्र कमजोर हुने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।