रसुवागढी नाकाबाट सामग्री आयात निर्यात रोकियो

 माघ १८, २०७८ मंगलबार १२:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रसुवा - रसुवागढी नाकाबाट हिजाेदेखि सामग्री आयात निर्यात रोकिएको छ । चिनियाँ नयाँ वर्षको कारण सामग्री आउने क्रम रोकिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

चीनमा आज नयाँ वर्ष परेकाले हिजाेदेखि एक हप्तासम्मका लागि सामान आयात नहुने कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो । 

केरुङमा रहेका कर्मचारी घर गएका कारण सामग्री आयात निर्यात रोकिएको हो । ल्होसारको समयमा हरेक वर्ष नाकाबाट आयात निर्यात रोकिने गरेको छ । चिनियाँ भन्सार कार्यालयले आइतवारसम्म गाडीमा सिल लगाएको थियो । अब करिब ७ दिन जति सामग्री नआउने उहाँले बताउनुभयो । 

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया