भारतमा बजेट सार्वजनिक : डिजिटल मुद्रा प्रचलनमा ल्याउने, नेपालका लागि दिने अनुदान घट्यो

 माघ १९, २०७८ बुधबार ६:४२:५१ | एजेन्सी
unn.prixa.net

भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरिएका योजना तथा कार्यक्रमबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने अर्थमन्त्री सितारमणको दाबी छ । आउँदा दिनमा अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भारत सरकारको लक्ष्य छ । बजेटमा भौतिक संरचना निर्माणमा जोड दिइएको छ । गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्गलगायतको विकास र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।

भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक वर्षमा थप ८० लाख घर बनाइने उल्लेख छ । यस्ता घर ग्रामीण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिनेछन् । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड छुट्याएकोमा यस वित्तीय वर्षका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको हो । यस वर्ष भारतले सबैभन्दा धेरै भुटानलाई २२ अर्ब ६६ करोड भारतीय रुपैयाँ दिने भएको छ ।

भारतको केन्द्रीय बैंकले सन् २०२२/२३ मा डिजिटल मुद्रा ल्याउने बजेटमा उल्लेख छ । त्यस्तै किसानलाई खेतीमा सघाउन ड्रोन प्रयोग गर्ने अर्थमन्त्री सितारमणले घोषणा गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sita

    Feb. 2, 2022, 7:18 a.m.

    एकदम राम्रो काम ! नेपालले पनि भारतवाट सिकोस /

  •  0 Reply

तपाईको प्रतिक्रिया