विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

 माघ २०, २०७८ बिहीबार १५:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ । 

हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र पाँच वटा मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । यसमध्ये सिन्धुपाल्चोकको भोटेकोसीका दावा छिरिङ शेर्पा एक्लैले मलद्वारसहित शरीरका विभिन्न भागमा लुकाएर एक किलो ५५ ग्राम सुन ल्याएका थिए । 

यस्तै राैहतटका सुनीलकुमार शाह र नवराज परियार पनि पक्राउ परेका प्रहरीले जनाएकाे छ । पक्राउ परेका चार जना, सुन र फोनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया