जनवरी महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आए

 माघ २०, २०७८ बिहीबार १५:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सन् २०२२ को पहिलो महिना अर्थात् जनवरी महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आएका छन् ।

अध्यागमन विभागका अनुसार जनवरी महिनमा १६ हजार नौ सय ७५ जना पर्यटक नेपाल आएका छ्न । यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो । सन् २०२१ को जनवरीमा नेपालमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल आएका थिए ।

यो वर्षको जनवरीमा सबैभन्दा धेरै भारतबाट तीन हजार नौ सय १६ जना पर्यटक नेपाल आएका छन् । युरोपका देशबाट तीन हजार पाँच सय २७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय ४० र अमेरिकी देशबाट तीन हजार ६ सय १८ जना पर्यटक नेपाल आएका छन् ।

भारतबाट हवाई मार्ग हुँदै आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दै आएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया