‘गाडीमा तेल हाल्न’ हतियारसहित बर्दियाकाे गुलरिया आए भारतीय प्रहरी

 माघ २०, २०७८ बिहिबार २०:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा हतियारसहित भारतीय प्रहरी प्रवेश गरेका छन् । नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेश बहराइच मुर्तिहा नाकाबाट भारतीय कोतवाली प्रहरीसहितको टोली गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका हुन् ।

भारतीय प्रहरीका दरोगा (उपरीक्षक) भारतीय प्रहरी पोसाकमा पेस्ताेलसहित अनधिकृत रूपमा आज बिहीवार बेलुकी ६ बजेतिर सदरमुकाम गुलरिया प्रवेश गरेका जनाइएको छ । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका टाेलीले बर्दिया गुलरियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयवासीले बताएका छन् ।

भारतीय प्रहरी पोसाकमा ज्याकेट लगाएर उनीहरू गुलरिया नजिक मुर्तिहा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ड्युटीमा रहेका भारतीय प्रहरी गाडीमा तेल हाल्ने प्रयोजनका लागि गुलरिया आएको भन्ने खुलेको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताउनुभयाे ।

सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाका अनुसार सीमामा बसेका सुरक्षाकर्मीहरूसँग उनीहरूले ड्युटीमा रहेका बेला गाडीमा तेल सकिएपछि तेल हाल्न बर्दियाको सदरमुकाम गुलरिया जान लागेको बताएका थिए । 

सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनीहरूलाई जाँच नगरि प्रवेश गर्न दिएकोमा स्थानीयवासी आक्रोशित भएका छन् । 

सीमा नाकामा तैनाथ सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको प्रहरीले जनाएकाे छ । बेला–बेला भारतीय प्रहरी हतियारसहित बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गर्ने गरेका घटना बाहिरिएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • somprasad tharu

    Feb. 4, 2022, 9:45 a.m.

    यो चाहिं भएन ....अरु देशवाट आउनेलाई चेक नगर्ने, खुरुखुरु आउन दिने ..कहाँ सम्मको लापरवाही हो नेपाली सुरक्षाकर्मीको ....यो त लाजमर्दो बिषय भएन र ....

  •  0 Reply

तपाईको प्रतिक्रिया