पूर्व-पश्चिम राजमार्गमा जनमत पार्टीको प्रदर्शन : सिरहाबाट २६ कार्यकर्ता पक्राउ

 माघ २१, २०७८ शुक्रबार ७:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रदर्शनका क्रममा गाडीमा तोडफोड गरेको आरोपमा सिरहाबाट जनमत पार्टीका २६ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु विभिन्न ठाउँबाट पक्राउ परेका हुन् ।

पूर्व-पश्चिम राजमार्गको मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत ठाउँमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो।

सिरहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा ना ४ ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तोडफोड गर्ने क्रममा १३ जना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरिएकाे उहाँले बताउनुभयो।

जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया