विभिन्न देशको कुटनीतिक बहिष्कारका बीच चीनमा शीतकालीन ओलम्पिक्स सुरु

 माघ २१, २०७८ शुक्रबार १८:१:१ | एजेन्सी
unn.prixa.net

शीतकालीन ओलम्पिक्स खेल चीनमा सुरु भएको छ । कोरोनाको नियन्त्रण, मानव अधिकार हननकाे आरोप र कुटनीतिक बहिष्कारका बीच बेइजिङमा ओलम्पिक्स सुरु भएको हो ।  

बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ । ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका धेरैजसो हिउँ मानवनिर्मित हुन् । चीनले शून्य कोभिडको अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेकाले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट बेचेको छैन ।

सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारीमात्र खेल हेर्नका लागि आमन्त्रित छन् । उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ । खेलाडी र व्यवस्थापनको टोलीलाई पनि कडा नियम लागू गर्दै सीमित चौघेराभित्र राखिएको छ ।

चीनले मानव अधिकार उल्लङ्घन गरेको भन्दै अमेरिका, बेलायतसहित विभिन्न देशले ओलम्पिक्समा कुटनीतिक बहिस्कार गरेका छन् ।  

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

२४ औँ संस्करणको शीतकालीन ओलम्पिक्सको बेइजिङ राष्ट्रिय रङ्गशालमा चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुभएकाे हाे । ओलम्पिक्सकाे समापन समारोह पनि यही रङ्गशालामा हुनेछ । शीतकालीन ओलम्पिक्स आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया