राहदानी विभागको अनलाइन फर्म कीर्ते गरी ठगी गर्ने तीन जना पक्राउ

 माघ २२, २०७८ शनिबार ९:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म कीर्ते गरी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरमा रहेको राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका दिनेश तामाङ, लमजुङ बेशीसहर नगरपालिकाका नवीनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका यमबहादुर थापामगरलाई बिहीवार पक्राउ गरी सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म कीर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया