फागुन १ गतेदेखि विद्यालय खोल्न र काठमाण्डौ उपत्यकाको जोर–बिजोर भोलिदेखि नै हटाउन सिफारिस

 माघ २३, २०७८ आइतबार १७:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आउँदाे फाउने १ गतेदेखि शैक्षिक संस्था खोल्न सिफारिस गरेको छ । सीसीएमसीसीको आज आइतावारको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो ।   

काेराेना भाइरस सङ्क्रमणका कारण माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म पाँच दिन भने विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए । 

यस्तै आजको बैठकले काठमाण्डाै उपत्यकाभित्रका निजी गाडीमा भोलि साेमवारदेखि नै लागरू हुने गरी जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । कोरोना सङ्क्रमण दर घट्दै गएको भन्दै सीसीएमसीको आज बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो । 

यस्तै रात्रिकालीन व्यवसाय र खेलकुद क्षेत्र पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको छ । खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत राख्न पाउने, पार्टी प्यालेसहरू बढीमा कुल क्षमताको २५ प्रतिशत मानिस राखेर सञ्चालन गर्न सीसीएमसीसीले सिफारिस गरेकाे छ । यस्तै डान्स बार, दोहोरी, नाच घर, सिनेमा हल, जिम खाना, स्विमिङ पुल फागुन १ गतेदेखि राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी व्यवस्था गर्नका लागि सिफारिस गरिएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया