अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझ...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेता रावलले राष्ट्रको स्वाधीनतामाथि नै गम्भीर आँच आउने सम्झाैता अनुमोदन गर्छाैँ भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई पत्राचार गरेको भन्दै दुवै नेतालाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
आज साेमवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यसबारे छानबिन गर्न पनि समितिसँग आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभामा विचाराधीन विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै आपत्ति जनाउनुभयो ।
नेता रावलले भन्नुभयो, ‘अहिले भर्खरै यो देशका प्रधानमन्त्री र एउटा पार्टीका नेता एमसीसीमार्फत कुटनीतिलाई कसरी कमजोर बनाउँदैछन् ? कुटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभीमानमाथि धक्का पुग्दैछ भन्ने ज्वलन्त नमुना हो यो । प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डजीले संयुक्त रूपमा लेखेको पत्र यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्छ । एमसीसी सम्झौताबारे नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत हामी उपयोग गर्नेछौँ भन्ने कुरासमेत विदेशलाई भन्ने भनेपछि हाम्रो कुटनीतिक कता गयो ? यो एकदमै आपत्तिजनक छ । अरू देशमा यस्तो भयो भने छानबिन गरेर दण्डित हुनुपर्छ ।’
बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसीसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद् सुरु गराउने वातावरण बनाइदिन एमाले नेता रावलसँग आग्रह गर्नुभयो । उहाँले एमसीसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि बताउनुभयो ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले एमसीसी जनमत सङ्ग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले एमसीसीले देशकाे राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न पनि सरकार र विभिन्न पार्टीका नेताहरूलाई सचेत गराउनु भयो ।
सांसद किरातीले एमसीसीजस्तो विषयमा बोल्न पनि नसक्ने राजनीतिक दलहरू रहेको भन्दै आपत्ति जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।