आज एकै दिन ६९ जनामा काेराेना सङ्क्रमण
चैत १३, २०७९ सोमबार
टाटा मोटर्स यो महिना पनि शीर्ष स्थान ओगट्न सफल भएको छ । टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको हो ।
किया सेल्टोस ११ हजार ४८३ युनिटसहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यु ११ हजार ३७७ युनिटसहित तेस्रो स्थानमा छ । त्यस्तै, चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ युनिटसहित पाँचौँ स्थानमा रहेको छ । छैटौँ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ युनिट र सातौँ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ युनिट बिक्री भएको छ ।
त्यस्तैगरी धेरै बिक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशकले भने यसपालि आफ्नो स्थान पक्का गर्न सकेनन् ।
सूचीको आठौँ, नवौँ र दशाैँ स्थानमा महिन्द्रा थार ४ हजार ६४६ युनिट, महिन्द्रा एसयूभी ३०० ले ४ हजार ५५० युनिट र महिन्द्रा एसयूभी ७०० ले ४ हजार ११९ युनिट बिक्री गर्न सफल भएको छ ।
पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ । भारतीय कार उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै आइरहेकाे कम्पनीले जनाएको छ।
टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट साबित भइसकेको कम्पनीको दाबी छ । नेपालमा ग्राहकहरुको मन जित्न सफल भएको यो कम्पनी बिक्री तथ्याङ्कको आधारमा नेक्सन सर्वाधिक धेरै बिक्री हुने एसयूभी हो ।
टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १ दशमलव २ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ।
Janata
Feb. 9, 2022, 11:22 a.m.नेपालमा सार्वजनिक यातायात र बाटो राम्रो नभएको कारणले निजी सवारीको प्रयोग बढेको छ । समग्र देशको आर्थिक अवस्था हेर्दा निजी गाडिको आयात घटाउनै पर्दछ । विजुली गाडिलाई केही सहुलियत दिने र रु. ३० लाख भन्दा बढी मूल्यको गाडिमा कर अत्याधिक लगाउनु पर्दछ । सके सम्म सार्वजनिक यातायात र बाटो राम्रो बनाइयोस ।