नेपाल–चीन सीमा विवाद : ‘उपयुक्त समयमा आधिकारिक धारणा सार्वजनिक गर्छाैँ’

 माघ २५, २०७८ मंगलबार १७:८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । 

आज मङ्गलबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टकाे आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो । 

मन्त्री कार्कीले सरकार छिमेकी देशसँग सीमा समस्या आउन नदिनका लागि प्रयत्नशील रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो,‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरूको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छ ।’

यस्तै राष्ट्रपति चुरे संरक्षण तराई–मधेश समितिका पदाधिकारी पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम नै जिम्मेवार रहने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘के–के सञ्चारमाध्यममा के–के कुरा आउँछन्, त्यसको बारेमा समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम नै जिम्मेवार हुन्छन् ।’

प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कुटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताउनुभयाे । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया