इच्छाकामना गाउँपालिकाले एकल महिला र पुरुषलाई भत्ता दिँदै

 माघ २६, २०७८ बुधबार ११:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ ।

गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत सङ्कलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली सङ्कलन कार्य सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरिएको छ ।  


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया