कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक स्थानीय तह चुनावमा केन्द्रित हुने

 माघ २६, २०७८ बुधबार १९:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह चुनावमा केन्द्रित भएर छलफल गर्नेभएको छ । 

आज बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले भाेलि बिहीवार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह चुनावमा केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो । स्थानीय तह चुनावमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कोभिड–१९ का कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिइ गतिशील बनाउने विषयमा पनि त्याे बैठकमा छलफल हुने बताउनुभयो । 

नेपाली कांग्रेसको हिजो मङ्गलवार बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह चुनावमा केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यसबारे प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवालाई जानकारी गराइएको पनि प्रवक्ता महतले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया