दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो, लिटरको ८५ रुपैयाँ निर्धारण

 माघ २७, २०७८ बिहीबार ७:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारको स्वामित्वमा  रहेको दुग्ध विकास  संस्थान डीडीसीले दूधकाे उपभोक्ता मूल्य  प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण  गरेको छ ।  

डीडीसीको  हिजो  बसेको  सञ्चालक  समितिको बैठकले  दूधको मूल्य  बढाएर ८५ रुपैयाँ निर्धारण  गरेको  हो ।  यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो ।

बढेको नौ रुपैयाँमा प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर  ५६ रुपैयाँ चार पैसा निर्धारण  गरेको  थियो । त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९ रुपैयाँ ५२ पैसा थियो ।

मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।  
 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया