माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

 माघ २७, २०७८ बिहीबार ११:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरे पनि कोइरालाले गठबन्धन नगर्ने बताएका कोइरालाको सचिवालयले जनाएको छ ।

यस्तै, कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रचण्डलाई भेट्न बिहान कांग्रेस नेता कोइराला खुमलटार पुग्नु भएको थियो । यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो ।
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया