बैतडी र दार्चुलासँग जोडिएका सीमा नाका आजदेखि चार दिनका लागि बन्द

 माघ २८, २०७८ शुक्रबार ७:३७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला जिल्ला प्रशासन कार्यालय

काठमाण्डाै - बैतडी र दार्चुलासँग जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् ।

उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गरेको हो ।

बैतडी र दार्चुलासित जोडिएका नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका बन्द हुन लागेका हुन् ।

भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गर्नुपरेको जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया