कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

 माघ २८, २०७८ शुक्रबार ७:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको चुनाव, सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ सदस्यता वितरण, बाँकी जिल्ला अधिवेशनको नयाँ मिति तोक्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने तथा भातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल केन्द्रित छ ।

साथै कांग्रेसले अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यहरूले धारणा राख्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेस नेताहरुले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रकृया अघि बढाउन आलटाल गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।


 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया