बढ्न थाल्यो तापक्रम, अब बिस्तारै गर्मी बढ्ने

 माघ २८, २०७८ शुक्रबार ८:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ ।

जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित  देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।

हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ ।

यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ  ।

यस्तै, दीपायल र नेपालगञ्जकाे अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र वीरेन्द्रनगरको २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने  हुँदा तापक्रम बढ्ने मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हटी घाम लाग्ने उहाँको भनाइ छ । यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने अनुमान छ । वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया