फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई 'बुस्टर' डाेज

 माघ २८, २०७८ शुक्रबार १३:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । 

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा अहिले सबै गर्भवती महिलालाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो ।

ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक ठाउँमा खोप केन्द्र निर्धारण गरेर दैनिक रूपमा खोप प्रदान भइरहेको तथा दैनिक आवतजावत गर्ने ठाउँहरू जस्तै:– बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रवेश नाकाहरूमा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० डाेज खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६ सय एक डाेज खोप लगाइसकिएको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । 

यस्तै कोभिड–१९ स्वाब परीक्षणको मूल्य निजी अस्पतालका प्रयोगशालामा दुई हजार रुपैयाँबाट घटाइ एक हजार पाँच सय रुपैयाँ तथा सरकारी स्वास्थ्य संस्थामा एक हजार रुपैयाँबाट घटाइ आठ सय रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवामार्फत परामर्श सेवा प्रदान गर्न सुरु भएको, भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुहरूमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९० प्रतिशतको स्क्रिनिङ भइरहेको तथा स्क्रिनिङ भएकामध्ये ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको जानकारी दिइएको छ । त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाइएको छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Bibek Prasad gupta

    Feb. 15, 2022, 12:46 p.m.

    I need booster dose

  •  0 Reply
  • Bidur Ghimire

    Feb. 14, 2022, 7:31 a.m.

    पहिले जुन खोप लगाको त्यसैको बुस्टर डोज आको हो? जस्तै:- जोन्सोन एन्ड जोन्सोन लगाउनेलाई बुस्टर पनि जोन्सोन कै हुनुपर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया