एमसीसीबारे ओली गैरजिम्मेवार बने : प्रचण्डकाे सचिवालय

 माघ २८, २०७८ शुक्रबार १७:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहयोग (एमसीसी) का सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएको छ ।

दाहालका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दाहालको प्रस्तावलाई गम्भीर रूपमा नलिएको र एमसीसीबारे गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको वर्षदेखि सम्बन्ध चिसिएका एमाले अध्यक्ष ओलीलाई हिजो बुधवार बेलुकी फोन गरेर अमेरिकी सहायता परियोजना एमसीसीलाई चुनावसम्म यथास्थितिमा राख्ने प्रस्ताव गर्नुभएको थियो । तर ओलीले  बरु तपाईँहरूसँग बहुमत छ, पास गर्नुस्, तर गैरसांसद संसदमा रहँदासम्म संसद् चल्न भने दिन्नौँ भनेर पूरै गैरजिम्मेवार जवाफ फर्काउनुभएको स्वकीय सचिव रमेश मल्लले बताउनुभएको छ ।

कुनै बेला एउटै पार्टीको संयुक्त अध्यक्ष रहेका ओली र दाहालबीच लामो समयपछि टेलिफोन संवाद भएको हो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया