लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउँदै

 माघ २९, २०७८ शनिबार १५:५०:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले भोलि आइतबारदेखि स्थापना दिवस मनाउन लागेको हो । लुम्बिनी प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।

सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिनुभयो । राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण कायम रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिकात्मक रुपमा स्थापना दिवस मनाउन लागेको उहाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया